Kathmandu Press

नेपालगञ्जकाे सद्भाव कायम गर्न सांसद धवलशम्शेर राणाको आग्रह

‘सद्भावलाई कायम गर्दै आ–आफ्नो विरोध गर्न पाइन्छ, तर उग्र र हिंसाको बाटोलाई लिएर हाम्रो सद्भावको सहरमा अशान्ति नफैलाउन र सद्भाव नबिगार्न नेपालगञ्जबासीलाई विनम्र अनुरोध गर्दछु।’
नेपालगञ्जकाे सद्भाव कायम गर्न सांसद धवलशम्शेर राणाको आग्रह

काठमाडौं, असोज १६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव नखलबल्याउन र सद्भाव कायम गर्न अपिल गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि अहिले नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यू लगाइएको छ।

‘आज यहीँबाट नेपालगञ्जका दुइटै समुदायका साथीभाईलाई के भन्न चाहन्छु भने हामी नेपालगञ्जलाई सद्भावको शहर बनाइरहेका छौं, त्यो सद्भावलाई कायम गर्दै आ–आफ्नो विरोध गर्न पाइन्छ,’ उनले भने, ‘तर उग्र र हिंसाको बाटोलाई लिएर हाम्रो सद्भावको सहरमा अशान्ति नफैलाउन र सद्भाव नबिगार्न नेपालगञ्जबासीलाई विनम्र अनुरोध गर्दछु।’

उनले नेपालगञ्जमा दुई समुदायबीच झडप भएर कर्फ्यू लागेको बताउँदै सरकारलाई हिंसाको घटनालाई तुरुन्तै कन्ट्रोलमा ल्याउनु आग्रह गरे।

‘नेपालगञ्जमा दुई समुदायबीच झडप भएर कर्फ्यू लागेकाे छ, म सरकारलाई यहाँबाट अनुरोध गर्छु, हिंसाका घटनालाई तुरुन्तै कन्ट्रोलमा ल्याउनु प¥यो। यो सबैको जड भनेको यो मोबाइलको सञ्जाल हो। यसमा साइबर क्राइमलाई तुरुन्दै कन्ट्रोल गर्नुप¥यो,’ उलने भने, ‘नत्र देशभरि चाहे गौहात्याको कुरा होस्, चाहे गोरुको मासु खाने कुरा होस्, चाहे हिन्दू, मुसलमानको झडपको कुरा होस्। यो साइबर क्राइमलाई तुरुत्दै एक्सनमा ल्याएर दोषीहरुलाई ठाउँको ठाउँ कारबाही गरेर, देशमा विभिन्न ठाउँमा दंगा भड्कने सम्भावना बढेको छ।’

संयम भएर शान्ति र सुरक्षा कायम गर्न नेपालगञ्जबासीलाई अनुरोध गरेका छन्।

प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्