नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू
हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि मंगलबार दिउँसो १२ बजेदेखि लागू हुने गरी नेपालगञ्ज उपमहानगरपालिकाभर प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।
बाँके, असोज १६ : नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ। हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि मंगलबार दिउँसो १२ बजेदेखि लागू हुने गरी नेपालगञ्ज उपमहानगरपालिकाभर प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले कर्फ्यू जारी गरेका हुन्। पछिल्लो समय नेपालगञ्जमा धार्मिक सद्भाव खल्बलिएकाले स्थिति शान्त नहुञ्जेलका लागि कर्फ्यू आदेश जारी गरिएको उनले बताए।
हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ। ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्यालीले बजार परिक्रमा गरेको छ।
ठूलो संख्यामा निस्किएको र्यालीमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको हो।









![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)

