Kathmandu Press

प्रधानमन्त्री दाहालसँग एमसीसीकी सिआईओको भेट

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भदौ १३ गतेदेखि सुरु एमसीसी परियोजना कार्यान्वयनबारे छलफल भएको बताइएको छ।
प्रधानमन्त्री दाहालसँग एमसीसीकी सिआईओको भेट

काठमाडौं, असोज १६ : नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन्।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भदौ १३ गतेदेखि सुरु एमसीसी परियोजना कार्यान्वयनबारे छलफल भएको बताइएको छ।

आइतबार नेपाल आएकी बलब्राइटले नेकपा एमालेका अध्यक्ष केपी ओली, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायतसँग भेटवार्ता गरिसकेकी छन्।

एमसीसीकी प्रमुख कार्यकारी अधिकृत अलब्राइटले नेपाल–अमेरिका बीचको द्विपक्षीय साझेदारी मनाउन र एमसीसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा नेपाल भ्रमण गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।

प्रकाशित मिति: ११:३३ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्