Kathmandu Press

नेपालविरूद्ध ब्याटिङ गर्दै भारत

मंगलबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ। भारतीय टिमको कप्तानी गरिरहेका रुतुराज गायकवाड र यसश्वी जैशवालले ‍ओपनिङ गरिरहेका छन्। 
नेपालविरूद्ध ब्याटिङ गर्दै भारत

काठमाडौं, असोज १६ : हाङझाउ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र भारतबीच खेल भइरहेको छ।

मंगलबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ। भारतीय टिमको कप्तानी गरिरहेका रुतुराज गायकवाड र यसश्वी जैशवालले ‍ओपनिङ गरिरहेका छन्। 

नेपाल समूह ‘ए’ को विजेता हुँदै अन्तिम आठमा पुगेको हो। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधा अन्तिम आठमा पुगेका थिए। 

आज ड्रमार्फत अन्तिम आठमा भिड्ने टिमको टुंगो लाग्दा नेपालको भेट भारतसँग भएको हो। 

प्रकाशित मिति: ०७:५९ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्