Kathmandu Press

एमाले कोसी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

सोमबार राति सम्पन्न मतगणनाअनुसार ५१२ मतसहित खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याए । मनास्लु पार्टी प्यालेसमा आइतबारराति अबेरसम्म मतदान भएको थियो ।
एमाले कोसी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं, असोज १६ : नेकपा (एमाले) कोसी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । 

सोमबार राति सम्पन्न मतगणनाअनुसार ५१२ मतसहित खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याए । मनास्लु पार्टी प्यालेसमा आइतबारराति अबेरसम्म मतदान भएको थियो ।

उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भइसकेका छन् । सचिवमा राजकुमार भण्डारी, उपसचिवमा देवान राई र जलवर्षा राजबंशी निर्वाचित भएका छन् । 
 
प्रकाशित मिति: ०७:४४ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्