Kathmandu Press

गान्धी युवा र राजनीतिकर्मीका लागि प्रेरणाका स्रोत हुन्ः परराष्ट्रमन्त्री साउद

उनले विश्वको भूगोलको जुनसुकै क्षेत्रमा पनि गान्धीले मानवतालाई एउटा बाटो दिएको भन्दै उनी नेपालको युवा, राजनीतिकर्मी र सबैका लागि प्रेरणाको स्रोत भएको बताए।
गान्धी युवा र राजनीतिकर्मीका लागि प्रेरणाका स्रोत हुन्ः परराष्ट्रमन्त्री साउद

काठमाडौं, असोज १५ : परराष्ट्रमन्त्री एनपी साउदले महात्मा गान्धी नेपालका युवा र राजनीतिकर्मीहरुका लागि गान्धी प्रेरणाको स्रोत भएको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित १५४औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस–२०८० विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वको भूगोलको जुनसुकै क्षेत्रमा पनि गान्धीले मानवतालाई एउटा बाटो दिएको भन्दै उनी नेपालको युवा, राजनीतिकर्मी र सबैका लागि प्रेरणाको स्रोत भएको बताए।

‘विश्वको भूगोलको जुनसुकै क्षेत्र, जुन सुकै ठाउँमा पनि गान्धीले मानवतालाई एउटा बाटो दिनुभएको छ, सभ्यतालाई सँगसँगै बस्न सिकाउनु भएको छ,’ उनले भने, ‘आज पनि नेपालका युवाहरू, नेपालका राजनीतिकर्मीहरु सबैका लागि गान्धी प्रेरणाको स्रोत हुनुहुन्छ।’

उनले नेपालीहरु राजनीतिक फाँटमा जहाँ भएता पनि अतीतमा जुनसुकै फरक विन्दुमा उभिएको भए पनि भविष्य एउटै गराउने गरेर समृद्ध र सुन्दर नेपाल निर्माण गर्ने बाटोमा जाने अठोट लिएको बताए।

 

प्रकाशित मिति: १९:४३ बजे, सोमबार, असोज १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्