‘व्यक्तिगत स्वार्थले जनअपेक्षा अनुसार काम हुन सकेन’
जिम्मेवार ढंगबाट प्रस्तुत हुनुपर्ने कुरामा कमी कमजोरी भएकाले जनतामा वितृष्णा उत्पन्न भएको बस्नेतले बताए।
काठमाडौं, असोज १५ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले व्यक्तिगत स्वार्थ र नेतृत्वको स्वार्थका कारण जनताले आशा गरेअनुसार काम पूरा हुन नसकेको बताएका छन्।
१५४औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस–२०८० विशेष कार्यक्रममा उनले अहिले सबैलाई अल्छी लागेको भन्दै नेपाली जनता र वृद्धिजिवीहरूको साथ भए पनि देशमाथि उठ्न नसकेको बताए।
‘हामीले पाएको प्रजातन्त्रलाई जसरी चलाइरहेका छौं त्यो धेरैलाई सन्तोषजनक लागेको छैन,’ उनले भने, ‘अहिले हामी व्यक्तिगत स्वार्थ, नेतृत्वगत स्वार्थ, पार्टीभित्रकै स्वार्थ, दलभित्र पनि गुटको स्वार्थमा लागेका कारण जुन इच्छा बोकेर सबै राजनीतिक दलहरुलाई नेपाली जनताले विश्वास गरेका थिए, वृद्धिजीवीले साथ दिएका थिए, देश उठेको थियो अहिले सबैलाई अल्छी लागेको छ।’
जिम्मेवार ढंगबाट प्रस्तुत हुनुपर्ने कुरामा कमी कमजोरी भएकाले जनतामा वितृष्णा उत्पन्न भएको बस्नेतले बताए।
‘काम गर्ने शैलीमा अहिंसात्मक तरिकाले गएनौं भने उचित स्थानमा पुग्न सक्दैनौं,’ उनले भने, ‘विकास, संविधान निर्माण, मुलुक बनाउने जनताको इच्छालाई सम्बोधन गर्ने कुरामा हामी एक स्थानमा आउँदैनौं भने सम्भव हुँदैन।’
उनले पहिला आफू राम्रो हुन्छु, अरुलाई पनि राम्रो बनाउँछु भनेर अगाडि बढेको भन्दै त्यही कारण अहिले सबैले साथ पाएको बताए।











-1784109013.jpg)