निर्माणाधीन संघीय संसद भवनका विषयमा सरोकारवाला निकायसँग छलफल

काठमाडौं, असोज १५ : प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निर्माणाधीन संघीय संसद भवनका विषयमा सरोकारवाला निकायसंग छलफल गर्ने निर्णय गरेको छ।
सोमबार निर्माणधिन संघीय संसद भवनको अवलोकनपछि समितिले शहरी विकास मन्त्रालय, परामर्शदाता र निर्माण कम्पनीसंग प्रगति विवरण सहित छलफल गर्ने निर्णय गरेको हो। पटक पटक म्याद थप गर्दा पनि संघीय संसद भवनको निर्माणमा ढिलाई भइरहेको समितिको ठहर छ।
अनुगमनका क्रममा समिति सदस्यहरुले कामदारहरुसंग निर्माणका लागि भएको समस्याका बारेमा जानकारी लिएको थियो। सिंहदरबारभित्र १७३ रोपनी क्षेत्रफलमा नयाँ संसद भवन बनाउन २०७६मा सम्झौता भए पनि निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन।
दूई पटक म्याद थप गर्दा पनि कामको गति बढेको नदेखिएकाले सरोकारवाला निकायसंग छलफल गर्ने निर्णय गरिएको समिति सभापति दिपक सिंहले जानकारी दिए।
त्यस्तै चाडपर्व नजिकदै जाँदा मुलुकभरको राजमार्गका साथै यातायातको अग्रिम बुकिङका साथै बसको व्यवस्थाका बारेमा यातायात मन्त्रालयसंग छलफल गर्ने निर्णय गरिएको सभापति सिंहले बताए।











-1784109013.jpg)