कोरोना भाइरसविरूद्धकाे खोप अनुसन्धान गर्ने दुई वैज्ञानिकलाई नोबल पुरस्कार
नोबल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन कारिको र ड्रयु वेसम्यानलाई ‘मेसेन्जर आरएनए’ भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फ यसवर्षको पुरस्कार दिने घोषणा गरेको हो।
काठमाडौं, असोज १५ : काेराेना भाइरसविरूद्धको खोपबारे अनुसन्धान गरेका दुई वैज्ञानिकले संयुक्त रूपमा चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन्।
नोबल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन कारिको र ड्रयु वेसम्यानलाई ‘मेसेन्जर आरएनए’ भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फ यसवर्षको पुरस्कार दिने घोषणा गरेको हो।
सन् २०१९ मा कोरोना सुरु भए पनि यी वैज्ञानिक मेसेन्जर आरएनए खोप विकासका लागि त्यसअघिदेखि नै अनुसन्धानरत थिए। एमआरएन प्रविधि क्यान्सरसहित अन्य रोगविरुद्धको खोप विकासमा लागि समेत भइरहेका अनुसन्धानमा प्रयोग भएको छ।
सन् १९५५ मा हंगेरीको स्जोल्नोकमा जन्मिएकी कारीको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आबद्ध छिन् भने १९५९ मा अमेरिकाको लेक्जिङटनमा जन्मिएका वेसम्यान पनि अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आबद्ध छन्।
कोरोना महामारीका कारण विश्वमा झण्डै ७० लाख बढी मानिसहरूको मृत्यु भएको थियो। वैज्ञानिकहरूले कोभिडविरूद्ध फाइजर/बायोएनटेक, मोडेर्नाजस्ता खोपमा मेसेन्जर आरएनए प्रविधि प्रयोग गरिएको थियो।
सोमबार एक कार्यक्रमबीच स्विडिस एकेडेमीले चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो । विजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा १ करोड १० लाख स्विडिस क्रोनर (१० लाख अमेरिकी डलर) दिइनेछ।











-1784109013.jpg)