Kathmandu Press

संघीय निजामती विधेयकको विरोध गर्दै सडकमा कर्मचारी (तस्बिरहरू)

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने भन्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको नेतृत्वमा आन्दोलन सुरु भएको हो। आफ्ना मागका बारेमा ध्यानाकर्षण गराउन संघर्ष समितिले सोमबार काठमाडौंको माइतिघरमा धर्ना दिएका छन्।
संघीय निजामती विधेयकको विरोध गर्दै सडकमा कर्मचारी (तस्बिरहरू)

काठमाडाैं, असाेज  १६ : सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तहका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन्। संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने भन्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको नेतृत्वमा आन्दोलन सुरु भएको हो। आफ्ना मागका बारेमा ध्यानाकर्षण गराउन संघर्ष समितिले सोमबार काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्।

Photo (9) (2)1696235788.jpg

 

संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरुको आरोप छ। स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने, निजामतीको परिभाषाभित्र स्थानीय कर्मचारीलाई पनि समेटिनुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगाएतका आफुहरुको माग रहेको संघर्ष समितिका संयोजकमा दीपक गौतमले बताए।

Photo (6) (3)1696235787.jpg

उनले स्थानीय तह कर्मचारीहरु ऐनविहीन हुँदा विभिन्न समस्या आएको र त्यसको नकारात्मक असर परेको भन्दै संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने बताए। संघर्ष समितिले विना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पुर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने, जुनसुकै तहमा बहाल रहेको कर्मचारीलाई तिनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनु पर्ने, स्थानीय सेवाका कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने लगाएतमा माग समेत अघि सारेका छन्। 

Photo (4) (4)1696235787.jpg

Photo (8) (1)1696235786.jpg

Photo (7) (2)1696235786.jpg

Photo (10) (2)1696235785.jpg

Photo (1) (4)1696235785.jpg

Photo (11) (1)1696235784.jpg

Photo (12) (1)1696235784.jpg

Photo (13)1696235784.jpg

Deepak Gautam1696235785.jpg

Photo (3) (2)1696235783.jpg

Photo (2) (6)1696235783.jpg

Photo (4) (3)1696235782.jpg

Photo (5) (2)1696235782.jpg

 

प्रकाशित मिति: १४:१४ बजे, सोमबार, असोज १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्