Kathmandu Press

एसएसपी पालले दिए राजीनामा

एसएसपी पाल कञ्चनपुरस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए। उनीमाथि आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि यौनदुर्व्यवहारको आरोप लाग्दै आएको थयो।
एसएसपी पालले दिए राजीनामा

काठमाडौं, असोज १५ : सहकर्मीमाथि यौन दुर्व्यवहारमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले पदबाट राजीनामा दिएका छन्।

एसएसपी पाल कञ्चनपुरस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए। उनीमाथि आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि यौनदुव्र्यवहारको आरोप लाग्दै आएको थयो। त्यसपछि पाल गत असारमा निलम्बनमा परेका थिए।

प्रहरी प्रधान कार्यालयको छानबिन समितिको सिफारिस अनुरुप उनलाई निलम्वनमा राखिएको थियो। पालले प्रहरी प्रधान कार्यालयमा दिएको गृह मन्त्रालयमा पठाएको जनाइएको छ। 
 

प्रकाशित मिति: १३:०५ बजे, सोमबार, असोज १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्