केएमसीका डाक्टरकाे आन्दोलन : कानुन हातमा नलिन चेतावनी
इन्टर्न डाक्टरमाथि हातपात भएको भन्दै उनीहरुले काम बन्द गरेर आज दोस्रो दिन पनि उनीहरुले अस्पताल अगाडिको सडकमा धर्ना दिइरहेका छन्।
काठमाडौं, असाेज १५ : काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकहरु सहकर्मीमाथि हातपात भएको विरोधमा दोस्रो दिन पनि काम छोडेर प्रर्दशनमा उत्रिएका छन्।
 (1)1696230472.jpg)
इन्टर्न डाक्टरमाथि हातपात भएको भन्दै उनीहरुले काम बन्द गरेर आज दोस्रो दिन पनि उनीहरुले अस्पताल अगाडिको सडकमा धर्ना दिइरहेका छन्। आन्दोलनमा सहभागि डाक्टर कमलराज शाहले सहमतिको मसी नसेलाउँदै यस्तो घटना दोहोरिनु कानूनमाथि जनताको विश्वास उठ्नु भएको दाबी गरे।
 (4)1696230472.jpg)
उनले भने, ‘यो घटनामा संलग्न दोषिलाई सजाय दिनको लागि हामीले आफ्नो आफ्नो स्थानबाट माग गर्नुपर्छ। अस्ति भर्खर सहमती भएको ऐन जुन छ यसलाई पनि अझ प्रचार गर्न आवश्यक भएको देखिएको छ।’ यस्तै, अर्का डाक्टर अंकित आचार्यले यसरी नियम कानून कसैले पनि आफ्नो हातमा लिन नमिल्ने भन्दै यसप्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताए।
 (2)1696230470.jpg)
उनले भने, ‘यो घटना दर्ता गर्न मानिरहेको थिएन् हामीले हिजो रातीको ११ बजेसम्म यहाँ बसेर गृहमन्त्रीको फोन आएपछि बल्ल घटना दर्ता गरे। यस्तो हुनुभएन नियम कानून कसैले पनि आफ्नो हातमा लिन मिल्दैन ।’ डाक्टर खड्कामाथि हातपात गरेको आरोपमा प्रहरीले रुपक गौतम तथा सरोज गौतमलाई पक्राउ गरेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 (2)1696230470.jpg)
 (3)1696230466.jpg)
 (1)1696230466.jpg)
 (1)1696230461.jpg)
 (3)1696230461.jpg)
 (3)1696230460.jpg)
 (1)1696230460.jpg)


यो। यस्तो हुनु भएन नियम कानून कसैले पनि आफ्नो हातमा लिन मिल्दैँन्।’ डाक्टर खड्कामाथि हातपात गरेको आरोपमा प्रहरीले रुपक गौतम तथा सरोज गौतमलाई पक्राउ गरेको छ। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।











