Kathmandu Press

गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, पेस्तोल बरामद

गौशालामा पिके डायग्नोस्टिक सेन्टर सञ्चालन गर्दै आएका साजन हुसेनमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।
गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, पेस्तोल बरामद

काठमाडौं, असोज १५ : काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ। 

गौशालामा पिके डायग्नोस्टिक सेन्टर सञ्चालन गर्दै आएका साजन हुसेनमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा पुगेको प्रहरीले चक्कुसँगै एक थान पेस्तोलसमेत बरामद गरेको प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ।

हुसेनको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको दाहिने खुट्टामा चोट लागेको प्रहरीको भनाइ छ। चक्कु प्रहारकर्ताको खोजी भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, असोज १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्