Kathmandu Press

महिला भलिबलमा नेपालको लागातार दोस्रो हार, समूह चरणबाटै बाहिरियो

सोमबार भएको समूह सीको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–०को सोझो सेटमा पराजित भयो।
महिला भलिबलमा नेपालको लागातार दोस्रो हार, समूह चरणबाटै बाहिरियो

काठमाडौं, असोज १५ : चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाली टिमले लागतार दोस्रो हार बेहोरोको छ।

सोमबार भएको समूह सीको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–०को सोझो सेटमा पराजित भयो।

बलियो दक्षिण कोरियालाई पहिलो सेटमा नेपालले दबाबमा राखेको थियो। प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा नेपाल २५–२१ले पराजित भएको थियो। तर, त्यसपछि भने नेपाल २५–१४ र २५–११ले पराजित भयो।

यो हारसँगै नेपाली टिम समूह चरणबाटै बाहिरिएको छ। यसअघि पहिलो खेलमा नेपाली टिम भियतनामसँग पनि ३–०कै सोझो सेटमा पराजित भएको थियो।

प्रकाशित मिति: १२:०१ बजे, सोमबार, असोज १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्