एमाले कोशी चुनाव : मतगणना आजै गरिने
आइतबार राति १० बजे सुरु भएको मतदान सोमबार बिहान ५ बजे सकिएको हो।
माेरङ, असाेज १५ : नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि रातभर भएको मतदान पछि मतगणना आजै गरिने भएको छ।
आइतबार राति १० बजे सुरु भएको मतदान सोमबार बिहान ५ बजे सकिएको हो। रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन्।
मतदान प्रक्रियामा २० जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ। अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन्।
अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो । कोशीमा अध्यक्षका लागि मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल प्रतिस्पर्धामा छन्।
प्रकाशित मिति: १०:५० बजे, सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











