Kathmandu Press

जमानतमा छुटे अभिनेता अनमोल केसी

उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जमानतमा छुटे अभिनेता अनमोल केसी

काठमाडाैं, असाेज १४ : फिल्मको लेनदेन विवादमा शुक्रबार पक्राउ परेका अभिनेता अनमोल केसी आइतबार साँझ छुटेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनमोललाई जमानतमा छाडेको हो। काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न दिएको तीन दिनको समय आज समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् ।

Hardik ivf

उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ। उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २१:४० बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्