Kathmandu Press

अनमोललाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले अनमोललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हाे।
अनमोललाई ३ दिन हिरासतमा राख्न अनुमति

कामठाडौं, असोज १४ : काठमाडौं जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले अनमोललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हाे।

निर्माणको क्रममा रहेको फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले दिउको उजुरीका आधारमा प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो।

प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।

प्रकाशित मिति: १९:४२ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्