Kathmandu Press

‘पार्टी आन्तरिक, बाह्य र राष्ट्रिय मुद्दामा प्रष्ट हुनुपर्छ’

उनले कांग्रेस खुलापनमा विश्वास गर्ने भएकाले मासवेश पार्टी भएको दाबी गरे। उनले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यले मतदान गरेर चुन्न पाउनुपर्ने बताए।
‘पार्टी आन्तरिक, बाह्य र राष्ट्रिय मुद्दामा प्रष्ट हुनुपर्छ’

काठमाडौ, असोज १४ : कांग्रेस नेता तथा सांसद प्रदीप पौडेलले पार्टीको रुपान्तरण प्रक्रियालाई पूर्ण बनाउनको लागि पार्टीका आन्तरिक विषय, बाह्य र राष्ट्रिय मुद्दाहरुमा प्रष्ट हुनुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता पौडेलले पार्टीको समग्र रुपान्तरणका लागि सबै पक्षलाई छुन सक्नुपर्ने बताए।

Hardik ivf

‘पार्टीको रुपान्तरण प्रक्रियालाई पूर्ण बनाउनका लागि पार्टीका आन्तरिक विषय, बाह्य र राष्ट्रिय मुद्दाहरुमा प्रष्ट हुन आवश्यक छ,’ उनले भने, ‘हामी व्यक्ति परिवर्तनले मात्रै रुपान्तरण हुन्छ भन्ने सोचिरहेका त छैनौं ? पार्टीको समग्र रुपान्तरणका लागि हामीले सबै पक्षलाई छुन सक्नुपर्छ।’

उनले कांग्रेस खुलापनमा विश्वास गर्ने भएकाले मासवेश पार्टी भएको दाबी गरे। उनले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यले मतदान गरेर चुन्न पाउनुपर्ने बताए।

कांग्रेसका सबै कार्यकर्ताले अब आफ्नो केन्द्रीय सभापति आफैं चुन्न खोजेका हुन् भने त्यही अनुसारको व्यवस्था गर्न सक्नुपर्ने भन्दै रहेको भन्दै पौडेलले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यले मतदान गरेर चुन्न पाउने व्यवस्था गर्नुपर्ने बताए।

 

प्रकाशित मिति: १९:३१ बजे, आइतबार, असोज १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्