Kathmandu Press

सिरहामा यात्रुबहाक बस दुर्घटना, २ जनाको मृत्यु, २५ जना घाइते

सप्तरीको राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक दुर्घटना भएको थियो ।
सिरहामा यात्रुबहाक बस दुर्घटना, २ जनाको मृत्यु, २५ जना घाइते

सिरहा, असोज १४ : आइतबार दिउँसो सिरहामा यात्रुबहाक बस दुर्घटना भएको छ।

सप्तरीको राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक दुर्घटना भएको थियो ।

Hardik ivf

बस दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्प्रिङ पट्टा भाँचिएर अनियन्त्रित भई बस दुर्घटना भएको थियो ।

दुर्घटनामा २५ जना यात्रुहरू घाइते भएको बताइएको छ। प्रहरीका अनुसार घाइतेहरुको गोलबजारस्थित अस्प्तालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १८:४६ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्