Kathmandu Press

पार्टीका मन्त्रीलाई फिर्ता बोलाऔं, प्लोरबाटै समर्थन गरौं : महामन्त्री थापा

अबको अढाइ वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिनुपर्ने भन्दै मन्त्रीहरूलाई फिर्ता बोलाएर फ्लोरबाटै सरकारलाई समर्थन गर्न महामन्त्री थापाले प्रस्ताव गरे।
पार्टीका मन्त्रीलाई फिर्ता बोलाऔं, प्लोरबाटै समर्थन गरौं : महामन्त्री थापा

काठमाडौं, असोज १४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औं महाधिवेशनको संकल्प, उत्साह, एकता र रुपान्तरण विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर फ्लोरबाटै सरकारलाई समर्थन गर्नु पर्ने प्रस्ताव गरे।

Hardik ivf

अबको अढाइ वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिनुपर्ने भन्दै मन्त्रीहरूलाई फिर्ता बोलाएर फ्लोरबाटै सरकारलाई समर्थन गर्न महामन्त्री थापाले प्रस्ताव गरे।

‘नेकपा माओवादी, जसपा, एकीकृत समाजवादीलगायत मिलेर समाजवादी मोर्चा बनाउनु भएको छ। यो दुई, अढाइ वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ। पहिले प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ,’ उनले भने ‘उहाँहरूको एकै मोर्चा समाजवादी र पार्टी एकै बनाउने भन्नु भएको छ। मलाई लाग्छ कि कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔं, अढाइ वर्ष उहाँहरूलाई चलाउन दिऔं। हामी फ्लोरबाट समर्थन गरौं।’

उनले अहिलेको सरकार कसको हो भन्ने प्रश्न उठेको भन्दै यसो हेर्दा सरकारमा सबै भएपनि जवाफ दिने बेला कसैले नदिने बताए।

 

प्रकाशित मिति: १८:२० बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्