Kathmandu Press

एमाले उपत्यका विशेष प्रदेश कमिटी प्रथम अधिवेशनको तयारी पूरा 

एमाले उपत्यका विशेष प्रदेश कमिटी प्रथम अधिवेशनको तयारी पूरा 

काठमाडौं, असाेज १४ : नेकपा एमाले उपत्यका बिशेष प्रदेश कमिटीको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।  आइतबार काठमाडौँमा विशेष प्रदेश कमिटीले गरेको अधिवेशन लोगो सार्वजनिक गर्दै तयारी पुरा भएको जानकारी दिएको हो। 

पत्रकार सम्मेलनमा प्रदेश कमिटी अध्यक्ष प्रेम पराजुलीले तीन सय भन्दा बढी सदस्य, प्रतिनिधिहरूको उपस्थितिमा हुने अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए। उनले भने, ‘हामी तीन सय भन्दा बढी सदस्य, प्रतिनिधिहरूको बीचमा हाम्रो अधिवेशन बन्द सत्रको रूपमा हामी हाम्रो अधिवेशनलाई सम्पन्न गर्नेछौं। त्यो भन्दा अगाडि भव्य र सव्य रूपमा उद्घाटन सत्र सम्पन्न गर्दैछौं। अधिवेशनसँग सम्बन्धित विषय लगभग टुङ्गिँदै गएको अवस्था छ। केही बाँकी रहेको कामलाई तीव्रताका साथ सम्पन्न गर्ने प्रयत्नमा छौं।’

उनले अधिवेशन राष्ट्रिय सभागृहमा हुने जानकारी दिँदै ११ः३० बजे शान्तिवाटीकामा भेला भई एकमुस्ट रूपमा जुलुस सहित सभागृह पुग्ने बताए। उनले भने,‘आगामि १९ गते एउटा र्‍यालिका साथ राष्ट्रिय सभागृहमा कार्यक्रमको उद्घाटन स्थलमा जाने छौं। र श्रदेय अध्यक्ष केपी शर्मा ओलीबाट उट्घाटन गर्ने छौं। १९ गते ११ः३० बजे शान्तिवाटीकामा भेला भई एकमुस्ट रूपमा जुलुस सहित सभागृह पुग्ने छौं।’
 

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्