Kathmandu Press

‘प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल नै हुन सकेन’

‘प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल नै हुन सकेन’

काठमाडाैं, असाेज १४ : नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल नै हुन नसकेको बताएका छ्न्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले विआरआइ लगाएतका सम्झौता कार्यान्वयनका महत्वपूर्ण विषयमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल नै हुन नसकेको बताएका हुन्।

उनले नेपालप्रति चीनका कतिपय आशंकाहरुलाई पनि प्रधानमन्त्रीको भ्रमणले विश्वास दिलाउन नसकेको जिकिर गरे। अहिलेको विश्वपरिवेशको द्वन्द्वमा नेपाल फस्न नहुने र नेपालले पनि त्यही अनुसार देशहरुसँग सम्झौता गर्नुपर्ने उहाको भनाइ छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले चीनले प्रकाशित गरेको नक्सामा प्रधानमन्त्रीले बोल्न नसक्नु उचित नभएको बताए। प्रधानमन्त्रीले आर्थिक र वातावरणसम्बन्धी मुद्धा उठाएको  र राजनीतिक मुद्धामा अलि सजक भएको हो की भन्ने महशुस भएको उनको भनाइ छ।

त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले भ्रमणबारे सदनमा जवाफ दिएपछि सांसदहरुको प्रश्न राख्न पाउनुपर्ने बताए। उनले अहिलेको संसद सञ्चालन प्रभावकारी नदेखिएको टिप्पणी गरे। 

प्रकाशित मिति: १७:१४ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्