एमालेको कोसी नेतृत्वका लागि ५ बजेदेखि मतदान

विराटनगर, असोज १४ : एमालेको कोसी नेतृत्वका लागि प्रदेश अधिवेशनमा आज ५ बजेदेखि मतदान हुने भएको छ।
मोरङको विराटनगरमा जारी अधिवेशनमा दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको थियाे। मतदानका लागि सबै तयारी पूरा भइसकेकाे निर्वाचन कार्यालयले जनाएकाे छ। एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा माेरङ विराटनगरका र माेरङकै लेटाङका विनोद ढकाल उम्मेदवार छन्।
उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन्। सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन्। एमाले कोशी प्रदेशको अधिवेशनमा भूगोलतर्फ ३ जिल्ला इलाम, पाँचथर र सोलुखुम्बुबाट सर्वसम्मत सदस्य चयन भएको छ। केही जिल्लामा दलित र युवा क्लस्टरबाट पनि निर्विरोध निर्वाचित भएका छन् ।
प्रकाशित मिति: १६:१२ बजे, आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











