जलहरी प्रकरणमा ढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारको अनुसन्धानबाट जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना भएको देखिएको दाबी अख्तियारले गरेको छ।
काठमाडौं, असोज १४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुनमा भ्रष्टाचार भएको दाबीसहित पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ।
अख्तियारको अनुसन्धानबाट जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना भएको देखिएको दाबी अख्तियारले विशेष अदालतमा अदालतमा मुद्दा दायर गरेको हाे।
अख्तियारले सुन हिनामिनाबापत १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार विगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप जेल सजाय र जरिवाना असुल गर्न माग गरेको छ। यस्तै अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई समेत प्रतिवादी कायम गरेको छ।
प्रकाशित मिति: १६:१४ बजे, आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











