Kathmandu Press

प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको माओवादी केन्द्रको निष्कर्ष

प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं, असाेज १४ : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विदेश भ्रमण सफल भएको निष्र्कष निकालेको छ। 
सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समग्रमा हेर्दा प्रधानमन्त्रीको भ्रमण सफल भएको बताएका हुन्। 

अहिले विश्व परिस्थिति र क्षेत्रिय परिस्थितिको जटिलताको प्रभाव पर्न नदिने कुरामा चीन र नेपालकाबीच सहमती भएको भन्दै उनले प्रधानमन्त्रीको भ्रमण सफल भएको जिकिर गरे।  उनले भने, ‘चीन भ्रमणले नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपिएको छ।

अहिले विश्व परिस्थिति र क्षेत्रिय परिस्थितिको जटिलता पेचिलोपनको यो अवस्थामा दुई देशका नेताहरु यसको प्रभाव पर्न नदिने कुरामा सहमत हुनुभएको छ। र पहिला नै राखेका कुराहरुमा पुनः प्रतिबद्धता पनि व्यक्त गरिएको छ। त्यस अर्थमा यो भ्रमण सफल भएको छ। समग्रमा हेर्दा यो भ्रमणले नेपालको पछिल्लो गतिविधिहरु नेपालले गर्दै गरेको कामहरुको बारेमा जानकारी गराउँदै यो भ्रमण सफल भएको देखिन्छ।’ 

उनले भ्रमणमा चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगकाबीचमा सम्झौता हुनु देश विकासमा नयाँ आयामको सुरुवात हुनु भएको बताए। उनले भने, ‘अहिलेको भ्रमण आर्थिक विकास, दुई देशका विकासका आधारमा तय भएको छ। कामकाजी खालका सहमती र सम्झौता भएका छन्।

डिजिटल अर्थतन्त्रमा सहयोग गर्ने कुरा भएको छ, त्यसैगरि राष्ट्रिय सुरक्षाका कुराहरु, विज्ञान तथा प्रविधिका कुरा सबै कुरामा सहकार्य गर्ने कुरा छ। जलवायु परिवर्तनका सन्दर्भमा नेपालको वनमन्त्रालय र चीनको वन मन्त्रालयका बीचमा पनि सहकार्य गर्ने सहमति भएको छ। विज्ञान र प्रविधिको कुरामा पनि उहाँहरुसँग भएको विज्ञान र प्रविधि नेपाललाई दिने कुरा गर्नु भएको छ।’ 

यसको साथै, संयुक्त राष्ट्र संघको महासभामा शान्ति प्रक्रिया र जलवायु परिवर्तनबाट नेपाल जस्तो देशलाई परेको प्रभावबारे ध्यानाकर्षण गराएको भन्दै उनले प्रधानमन्त्रीको प्रशंसा गरे। उनले भने, ‘यसको साथै संयुक्त राष्ट्र संघको महासभाको कुरा गर्दा प्रधानमन्त्रीले त्यहाँ सबैभन्दा महत्वपूर्ण कुरा शान्ति प्रक्रियाको बारेमा राख्नु भएको छ। महासभाका संसारको ध्यानाकर्षण गर्ने गरी यसको महत्व, यसलाई स्थापित गनुपर्ने कुरा, विश्व समुदायबाट प्राप्त हुनुपर्ने सहयोगको बारेमा कुराहरु राख्नु भयो। जलवायु परिवर्तनमा जुन स्तरबाट शक्ति राष्ट्रहरुको सहमति भएको थियो। त्यसमा पनि अझै ध्यान पुगेको छैन् भनेर पनि कुरा उठाउँनु भएको छ। यस अर्थमा अमेरिकाको भ्रमण पनि सफल भएको छ।’ 

उनले देश विकास गर्नको लागि राष्ट्रिय रुपमा एकरुपता कायम गर्न आवश्यक भएको भन्दै राष्ट्रिय दृष्टिकोण कायम भएपछि मात्रै सम्बन्धहरु राम्रो हुने बताए। उनले भने, ‘हामीले राष्ट्रिय रुपमा एक रुपता कायम गर्नुपर्छ, पार्टीहरुका बीचमा त्यो अनिवार्य छ। किनभने यो भएपछि, आत्मनिर्भर भएपछि मात्रै हाम्रो राष्ट्रिय सवालमा, राष्ट्रिय दृष्टिकोण कायम भएपछि मात्रै अरुसँग हाम्रो सम्बन्ध राम्रो हुन्छ र सहयोग लिन पनि पाइन्छ।’ 

उनले राजनीतिक परिवर्तनहरु भएपनि जनताको जीवन परिवर्तन नभएको भन्दै जनताको जीवन परिवर्तन गर्न प्रधानमन्त्री प्रचण्ड गम्भीरतापूर्वक लागेको जिकिर गरे। 
 

प्रकाशित मिति: १५:५८ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्