एमालेको कर्णाली अधिवेशनमा मतदान सुरु

सुर्खेत, असोज १४ : एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि मतदान जारी छ। आज २ बजे मतदान सुरु भएको हो।
शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार शनिबार दिउँसो १२ बजे नै मतदान हुनुपर्ने थियो तर सहमतिको प्रयास गर्ने क्रममा ६ पटकसम्म मतदानको समय सरेर अन्ततः मतदान भइरहेको हो।
पाँच पदाधिकारीसहित १३० सदस्य चयन गर्न १० जिल्लाका लागि १० वटा मतादानस्थल कायम गरेर मतदान भइरहेको छ। गत बुधबार सुरू भएको अधिवेशन अन्तर्गत शुक्रबार बन्द सत्र सम्पन्न भएको थियो।
अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकायाबीच चुनावी भिडन्त भइरहेको छ। सचिवमा धुव्रकुमार शाही र रुद्रबहादुर शाही प्रतिस्पर्धामा छन्।
प्रकाशित मिति: १५:५० बजे, आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











