Kathmandu Press

चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ  

चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ  

काठमाडौँ, असोज १४ : सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

सिनामंगलस्थित मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले आइतबार हातपात गरेका थिए। बिरामीलाई चेकजाँच गर्ने क्रममा डाक्टर र बिरामी पक्षबिच विवाद भएको जनाइएको छ। डाक्टरमाथि आक्रमण भएसँगै अस्पतालका स्वास्थ्यकर्मीले सडकमा आएर प्रदर्शन सुरु गरेका थिए।

स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणलाई नियन्त्रण तथा कारबाही गर्ने बारेमा सरकार र आन्दोलनरत चिकित्सकबिच ६ बुँदे सहमति भएको भोलिपल्टै चिकित्सकमाथि हातपात भएको छ। 
 

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्