Kathmandu Press

पेट्रोल र ग्यासको मूल्यवृद्धि गर्ने निर्णय फिर्ता

हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मुल्यवृद्धि फिर्ता लिइएको नेपाल आयल निगमले जनाएको छ।
पेट्रोल र ग्यासको मूल्यवृद्धि गर्ने निर्णय फिर्ता

काठमाडौं, असोज १४ : सरकारले पेट्रोल र ग्यासको मूल्यवृद्धि गर्ने निर्णय फिर्ता लिएको छ। आजै राति १२ बजेबाट लागु हुने गरी फिर्ता लिइएको आयल निगमले जनाएको छ।

हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मुल्यवृद्धि फिर्ता लिइएको नेपाल आयल निगमले जनाएको छ।

निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। खाना पकाउने एलपी ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको थियो।  

पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको थियो। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको थियो। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सोहीअनुसार वृद्धि गरिएको भनाई निगमको थियो।
 
प्रकाशित मिति: १५:२१ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्