Kathmandu Press

राष्ट्रसंघमा नेपाल देखिने र चिनिने गरी प्रस्तुत भएको छ : प्रधानमन्त्री दाहाल (पूर्णपाठसहित)

‘अति कम विकसित मुलुकहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने र चिनिने गरी प्रस्तुत हुने सफलता मिलेको छ।’
राष्ट्रसंघमा नेपाल देखिने र चिनिने गरी प्रस्तुत भएको छ : प्रधानमन्त्री दाहाल (पूर्णपाठसहित)

काठमाडौं, असोज १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तरी छिमेकी चीन र संयुक्त राष्ट्रसंघको भ्रमण सफल र फलदायी भएको बताएका छन्। संयुक्त राष्ट्रसंघका महासभामा भाग लिई चीन भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएको भोलिपल्ट प्रतिनिधिसभालाई भ्रमणबारे जानकारी गराउँदै उनले त्यस्तो बताएका छन्। 

उनले महत्वपूर्ण विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सफल भएको भन्दै नेपाल यसपटक राष्ट्रसंघमा देखिने र चिनिने गरी प्रस्तुत भएको बताए। ‘संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने लगायत विषय उठाएको छु, उनले भने,  ‘दिगो विकासका लक्ष्यहरूको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरूबारे नेपाललगायत अति कम विकसित मुलुकहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने र चिनिने गरी प्रस्तुत हुने सफलता मिलेको छ।’

उनले महासभाकै दौरान राष्ट्रसंघका महासचिव, अमेरिकी राजदूतसहितसँग भएको भेटवार्तामा गम्भीर छलफल गरेको पनि जानकारी गराए। राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका दाहाल उतैबाट असोज ५ गते चीन गएका थिए। चीनको भ्रमणले विगत चार वर्षदेखिको नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रम्ण नभएको स्थितिको अन्त्य गरेको प्रधानमन्त्री दाहालले बताए। व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा दिपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने, नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्भावमा अभिवृद्धि भएको उनको भनाइ छ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन गरेबमोजिम निगमले सो मूल्यवृद्धिको निर्णय फिर्ता लिई पूरानै मूल्य कामय गरेको जानकारी गराए। उनले स्वचलित मूल्य प्रणाली आयल निगमको एकाधिकार र स्वतन्त्रता नभएको पनि बताए।

त्यस्तै उहाले सुनको अवैध पैठारी र तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठनका बिषयमा सदनलाई जानकारी गराउनुभएको थियो । जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम नै आयोग गठन गर्ने निर्णय भएको उनले जानकारी दिनुभयो । 

प्रकाशित मिति: १४:४७ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्