Kathmandu Press

काठमाडौं मेडिकल कलेजमा कुटिए इन्टर्न डाक्टर

काठमाडौं मेडिकल कलेजमा कुटिए इन्टर्न डाक्टर

काठमाडौं, असोज १४ : अहिले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी सुरक्षाकाे माग राखी सडक गर्दै आएको सडक आन्दोलन फिर्ता भएकै भाेलिपल्ट फेरि एक जना डाक्टर कुटपिटमा परेका छन्।

काठमाडाैंकाे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टरमाथि हातपात भएको हाे। इन्टर्न डाक्टर मनीष खड्कामाथि आक्रमण भएको अस्पतालले जानकारी दिए। मिर्गौला रोगको परीक्षणका लागि ओपिडीमा आएका एक बिरामीले कुटपिट गरेकाे बताइएकाे छ।

एक विशेषज्ञको नाम लिएर देखाउन आएका बिरामीलाई इन्टर्न डाक्टर खड्काले हल्ला नगर्नू भन्दा उनीमाथि कुटपिट भएको बताइएकाे छ। उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले रुपक गौतम र सरोज गौतमलाई पक्राउ गरेको अस्पताललले छ।

डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।डाक्टरमाथि कुटपिट भएको सूचना आएपछि अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरेर घटनाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्