Kathmandu Press

पेट्रोलियम पदार्थ मूल्यमा सरकारले राहत दिने संकेत 

पेट्रोलियम पदार्थ मूल्यमा सरकारले राहत दिने संकेत 

काठमाडौं, असाेज १४ : सरकारले पेट्रोलियम पदार्थ मूल्य घटाएर जनतालाई दिन सक्ने संकेत देखिएकाे छ। मन्त्रिपरिषद बैठकमा केही निर्णय आउन सक्ने बताएको छ। 

नेपाल आयल निगमले सरकारलाई थाहै नदिई पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल आयल निगमका कार्यकारी प्रमुख उमेशप्रसाद थानीलाई बोलाएर असन्तुष्टि व्यक्त गरेकाे बताइएकाे छ। थानीले स्वचालित मूल्य प्रणालीका कारण मूल्य बढेकाे बताएका थिए।   प्रधानमन्त्री दाहालले चाडबाडका मुखमा एकपक्षीय रुपमा मूल्य बढाउनु राम्रो नभएको बताएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की स्वकीय सचिव गंगा दाहालले अन्तर्राष्ट्रिय मूल्यअनुसार  स्वचालित  प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भूमिका पनि चाडपर्वको मुखमा मुल्य वृद्धिको कारण जनताको असुविधा प्रति पक्कै सरकारले केही राहत दिने बताएकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘नेपालमा पनि गएको असार ३१ गते बाट पेट्रोलियम पदार्थको मूल्य अन्तर्रािष्ट्रय बजार मूल्यअनुसार स्वचालित प्रणाली अन्तर्गत निर्धारण हुने गरेको छ, यसमा सरकारको भूमिका नहुने र अन्तर्राष्ट्रिय बजारमा स्वचालित रुपमा मुल्य बढ्दा मूल्य वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गर्दछ! आशा गरौं चाडपर्वको मुखमा मुल्य वृद्धिको कारण जनताको असुविधा प्रति पक्कै सरकारले केही राहत दिनेछ।’

नेपाल आयल निगमले शनिबार बेलुका अन्तर्राष्ट्रिय बजारमा मुल्य वृद्धि भएको भन्दै पेट्रोलिय पदार्थको मुल्य वृद्धि गरेको थियो। उक्त विषयलाई लिएर आम नागरिकले असन्तुष्टि जनाइरहेका छन्। तर, प्रधानमन्त्रीको सचिवालयले भने अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वचालित  प्रणालीअन्तरगत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका नहुने स्पस्ट पारेको हो। 

प्रकाशित मिति: १३:०० बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्