Kathmandu Press

प्रधानमन्त्री दाहालले आजकाे प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्री दाहालले आजकाे प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं, असोज १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभाको आज बस्ने बैठकमा सम्बोधन गर्ने भएका छन्।

संयुक्त राष्ट्रसंघको महासभा सहभागी भएर साताव्यापी चीन भ्रमण सम्पन्न गरी उनी शनिबार स्वदेश फर्किएका थिए। उनी भदौ ३० गते अमेरिका गएका थिए। दाहाल नेपाल नआई सिधै असोज ५ गते चीन पुगेका थिए। उनले महासभाकाे कार्यक्रममा सहभािगता रचीन भ्रमणबारे सदनलाई जानकारी दिन आज संसदमा बोल्न लागेका हुन्।

प्रधानमन्त्री दाहालले सुन तस्करी जाँचबुझ आयोग गठनबारे र अन्य समसामयीक विषयमा धारणा राख्नेछन्। प्रतिनिधिसभाको बैठक बस्ने बैठकमा सम्बोधन गर्ने भएका छन्।

प्रकाशित मिति: १२:५२ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्