Kathmandu Press

प्रधानमन्त्रीले आकस्मिक रूपमा बाेलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्रीले आकस्मिक रूपमा बाेलाए मन्त्रिपरिषद बैठक

काठमाडौं, असोज १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १२ः३० बजे आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।

बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेश लगायतका विषयमा छलफल हुने स्रोतको भनाइ छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्ष र एमालेबीचको बैठकमा उच्चस्तरीय जाँचबुझ आयोग आजै गठन गर्ने सहमति जुटेको थियो। 

चाडबाडको मुखमा इन्धनमा चर्को मूल्यवृद्धि भएपछि सरकारको चौतर्फी आलोचना भइरहेको बेला सो विषयमा पनि छलफल हुन सक्ने बताइएको छ। प्रधानमन्त्रीको सचिवालयबाट जारी प्रेस नोटमा उक्त कुरोको संकेत गरिएको छ।

‘नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनीतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनुपर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रेस नोटमा भनिएके छ, यो विषयमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाई छलफल गरी १२ः३० मा आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ।’

आयल निगमले शनिबार रातिदेखि लागु हुने गरी स्वचालित मूल्य प्रणालीका आधारमा खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २३५ रुपैयाँ, डिजेल–मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाएको छ। 

 , 

प्रकाशित मिति: १२:२३ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्