सरकार र प्रतिपक्षबीच सुन तस्करीबारे छानबिन समिति गठन गर्ने सहमति
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्ष र एमालेबीचको बैठकमा उच्चस्तरीय जाँचबुझ आयोग आजै गठन गर्ने सहमति जुटेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।
काठमाडौं, असाेज १४ : सुन तस्करी प्रकरणको छानबिनका लागि समिति बनाउनेबारे सरकार र प्रतिपक्ष दलबीच सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्ष र एमालेबीचको बैठकमा उच्चस्तरीय जाँचबुझ आयोग आजै गठन गर्ने सहमति जुटेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘तीन महिनाको समयावधी दिएर कार्यदल गठन गर्ने सहमती भएको छ। उच्च अदालतको पूर्व न्यायधीशको संयोजकत्वमा तीन सदस्यीय कार्यदल आयोग बन्दै छ,’ सचेतक बर्तौलाले भने, ‘आज नै आयोग निर्माण हुने गरी कार्यादेश तयार गर्ने सहमति भयो। आजको संसद बैठकमा प्रधानमन्त्रीले बोल्नुहुने। संसदको बैठक पूर्व नै आयोग घोषणा गर्ने सहमति भयो।’
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामङ्गलमा करिब ६१ किलो सुन बरामद भएको थियो।
प्रकाशित मिति: १२:१५ बजे, आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार