रास्वपाले बहिस्कार गर्यो प्रधानमन्त्रीले बोलाएको बैठक
चाडवाडका बेला भएको मूल्य वृद्धि प्रति आपत्ति जनाएँदै बैठक बहिष्कार गरेको उनले फेसबुकमा लागेखेका छन्।
काठमाडौं, असोज १४ : प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको ७ दलको बैठक राष्ट्रिय स्वतन्त्र पार्टीले बहिष्कार गरेको छ।
प्रधानमन्त्री दाहालले प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल एमालेसहित ७ दलको बैठक बोलाएका छन्। केही समयअघि सुरु भएको बैठक रास्वपाले बहिस्कार गरेको अध्यक्ष रवि लामिछानेले जनाएका छन्।
चाडवाडका बेला भएको मूल्य वृद्धि प्रति आपत्ति जनाएँदै बैठक बहिष्कार गरेको उनले फेसबुकमा लागेखेका छन्।
‘चाडपर्वको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ उनले लेखेका छन्, ‘यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं। थप कार्यक्रमबारे जानकारी दिनेछौं।’
नेपाल आयल निगमले गएरातिदेखि लागू पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो।
प्रकाशित मिति: ११:४१ बजे, आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











