Kathmandu Press

विवेक ओझाको ‘ऐँठन’लाई मदन पुरस्कार

आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०७९को मदन पुरस्कार ‘ऐँठन’लाई दिने निर्णय गरेको हो।
विवेक ओझाको ‘ऐँठन’लाई मदन पुरस्कार

काठमाडौं, असोज १४ :  विवेक ओझाको उपन्यास ‘ऐँठन’ले मदन पुरस्कार जितेको छ।

आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०७९को मदन पुरस्कार ‘ऐँठन’लाई दिने निर्णय गरेको हो। पुरस्कारको सूचीमा रहेका ५ कृतिमध्येबाट ऐँठन छानिएको हो।

Hardik ivf

मनद पुरस्कारका लागि ऐँठनसँगै सुबिन भट्टराईको इजोरिया, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्‍जय विष्टको माटाको घर सूचीमा थिए।

यस्तै, जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय गरिएको छ।

प्रकाशित मिति: ११:२८ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्