प्रधानमन्त्री दाहालले बोलाए ७ दलको बैठक
शनिबार मात्र अमेरिका र चीन भ्रमणबाट फर्किएका दाहालले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग आइतबार बिहान छलफल गरेपछि सात दलको बैठक बोलाएका हुन्।
काठमाडौं, असोज १४ : प्रधानमन्त्री पुष्पकमल दाहालले सात दलको बैठक बोलाएका छन्।
शनिबार मात्र अमेरिका र चीन भ्रमणबाट फर्किएका दाहालले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग आइतबार बिहान छलफल गरेपछि सात दलको बैठक बोलाएका हुन्।
सात दलको बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाउको छ।
बैठकमा अमेरिका र चीन भ्रमणका साथै आज दिउँसो एक बजे बोलाइएको संसद बैठकबारे नेताहरुसँग छलफल थालेका छन्।
प्रकाशित मिति: १०:४० बजे, आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार