Kathmandu Press

एमाले प्रदेश अधिवेशन : कोशी र कर्णालीमा आज निर्वाचन

कर्णालीमा मतदान बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ । प्रदेश अध्यक्षको लागि मीनबहादुर शाही, गुलाबजङ्ग शाह र प्रकाश रोकायाको अध्यक्षमा उम्मेदवारी छ ।
एमाले प्रदेश अधिवेशन : कोशी र कर्णालीमा आज निर्वाचन

काठमाडौं, असोज १४ : नेकपा एमाले कोशी र कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । 

कर्णालीमा मतदान बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ । प्रदेश अध्यक्षको लागि मीनबहादुर शाही, गुलाबजङ्ग शाह र प्रकाश रोकायाको अध्यक्षमा उम्मेदवारी छ ।  अधिवेशनमा प्रदेशभरिका ६ सय ४ जना प्रतिनिधि रहेका छन् । 

यस्तै, एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा अध्यक्षको लागि  घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । नेतृत्व चयनका लागि आज बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मतदान हुने छ । 

प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् ।  एमाले अधिवेशनका लागि ९ सय ९७ जना प्रतिनिधि छन् । 

प्रकाशित मिति: ०७:४६ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्