Kathmandu Press

एमाले कोशी अधिवेशन : सहमतिकाे प्रयास असफल, ढकाल र खतिवडाले दुवैले दर्ता गराए उम्मेदवारी

सहमतिमा नतेृत्व चयन गर्ने प्रयास गरेपछि ढकाल र खतिवडा दुवै पछि हट्न तयार नभएपछि नेतृत्व चयनका लागि मतदान हुन लागेको हो।
एमाले कोशी अधिवेशन : सहमतिकाे प्रयास असफल, ढकाल र खतिवडाले दुवैले दर्ता गराए उम्मेदवारी

मोरङ, असोज १३ : नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेद्‌वारी दर्ता गराएका छन्।

सहमतिमा नतेृत्व चयन गर्ने प्रयास गरेपछि ढकाल र खतिवडा दुवै पछि हट्न तयार नभएपछि नेतृत्व चयनका लागि मतदान हुन लागेको हो।

पार्टी नेतृत्व तहले सहमतिमै अध्यक्ष चयनका लागि जोडबल गरे पनि ढकालले अध्यक्षमा दाबी नछाडेपछि चुनाव हुने अवस्था बनेको हो। अध्यक्षमा उम्मेदवारी दिएका ढकाल र खतिवडा दुवैले चुनावी अभियान सुरु गरेका छन्।

नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ।

अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गरिने निर्वाचन समितिले जनाएको छ।

प्रदेश कमिटी दुई सय १५ सदस्यीय हुनेछ। अधिवेशनमा एकसय ३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी नौ सय ९७ जना प्रतिनिधि र पर्यवेक्षक सहभागी भएका छन्।

प्रकाशित मिति: १९:२३ बजे, शनिबार, असोज १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्