सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सुरु

काठमाडौं, असोज १३ : चिकित्सकमाथि आक्रमणको घटना बढेपछि आन्दोलनमा उत्रिएका चिकित्सकसँग सरकारले वार्ता थालेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकार र चिकित्सकबीच वार्ता भइरहेको छ।
मणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा चिकित्सकमाथि कुटपिट तथा दुव्यर्वहार भएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए उनीहरुले आज शनिबार पनि काठमाडौंमा प्रदर्शन गरेका थि ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनरत रहेका देशभरका ठूला अस्पतालहरुको स्वास्थ्य सेवा प्रभावित भएको छ।
प्रकाशित मिति: १८:५२ बजे, शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











