Kathmandu Press

त्रिभुवन विमानस्थालबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलालाई अगामन कक्षमा चेकजाँच गर्दा तलर अवस्थामा रहेको सुन बरामद गरिएको हो।
त्रिभुवन विमानस्थालबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ
फाइल तस्बिर।

काठमडौं, असोज १३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुनसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको हो।

फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलालाई अगामन कक्षमा चेकजाँच गर्दा तलर अवस्थामा रहेको सुन बरामद गरिएको हो।

उनले सो सुन भित्री वस्त्रमा लुकाएर सुन ल्याएकी थिइन्। प्रक्राउ परेकी ती महिला र सुन प्रहरीले विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ। सुन कहाँबाट ल्याइएको थियो र कहाँ लगिदैछ भन्ने खुलेको छैन।

यसअघि २ साउनमा प्रहरीले त्रिभुवन विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको ब्रेक सु मा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरेको थियो।

प्रकाशित मिति: १८:४८ बजे, शनिबार, असोज १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्