नेपाल दलित संघको अध्यक्षमा विश्वकर्मा

काठमाडौँ, असोज १३ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन्।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन १० गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार आज विश्वकर्मालाई अध्यक्षमा नियुक्त गरेका हुन्।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ ९१० ९च० बमोजिम म्याद समाप्त भई स्वतःविघटन भएको दलित संघमा विश्वकर्मालाई नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रकाशित मिति: १६:३९ बजे, शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











