Kathmandu Press

सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै निरन्तर विरोधमा चिकित्सक

प्रदर्शनका क्रममा उनीहरुले स्वास्थ्यकर्मी कुट्न पाइँदैन, शान्ति सुरक्षा कायम गर लगाएका नारा लगाएका थिए। 
सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै निरन्तर विरोधमा चिकित्सक

काठमाडाैं, असाेज १३ : चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकहरुले निरन्तर विरोध प्रदर्शन गरेका छन्।

मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा पनि राज्यले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरुले शनिबार पनि काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा उनीहरुले स्वास्थ्यकर्मी कुट्न पाइँदैन, शान्ति सुरक्षा कायम गर लगाएका नारा लगाएका थिए। 

देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित) ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था लागू गर्नुपर्ने उनीहरुको माग छ। 

doctors protest - frame at 0m0s1696069637.jpg

प्रकाशित मिति: १६:१२ बजे, शनिबार, असोज १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्