Kathmandu Press

नेपाली क्रिकेट टिमले बनाएको विश्व कीर्तिमानप्रति गर्व महसुस भएको छ : पूर्वराजा

शनिबार विज्ञप्ति जारी गर्दै उनले  चीनमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाएको विश्व कीर्तिमानले नेपालीको गौरव बढाएको जनाएका हुन्। 
नेपाली क्रिकेट टिमले बनाएको विश्व कीर्तिमानप्रति गर्व महसुस भएको छ : पूर्वराजा

काठमाडौं, असाेज १३ : पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमले बनाएको विश्व कीर्तिमानप्रति गर्व महसुस भएको बताएका छन्। 

शनिबार विज्ञप्ति जारी गर्दै उनले  चीनमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाएको विश्व कीर्तिमानले नेपालीको गौरव बढाएको जनाएका हुन्। 

वक्तव्यमा लेखिएको छ ‘मित्र राष्ट्र चाइनाको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी २० क्रिकेट खेलमा नेपाली क्रिकेट टीम र नेपाली खेलाडीहरूले राखेको विश्व कीर्तिमानले हामीलाइ अत्यन्तै खुसी तुल्याएको छ, देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतीहरूको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौं प्रतिकुलताको बाबजुत जुन सफलता हासिल गरेका छन, यसले नेपालको राष्ट्रिय गौरब बढाएको छ भन्ने हामीले महसुस गरेका छौं ।’

वक्तव्यमा विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा सबै खेलाडी र नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना समेत व्यक्त गरिएको छ। 
 
प्रकाशित मिति: १५:५२ बजे, शनिबार, असोज १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्