Kathmandu Press

हिमालदेखि तराईसम्मका ज्येष्ठ नागरिकहरूको तस्बिर प्रदर्शनीमा (तस्बिरहरू)

हिमालदेखि तराईसम्मका ज्येष्ठ नागरिकहरूको तस्बिर प्रदर्शनीमा (तस्बिरहरू)

काठमाडौं, असोज १३ : राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपालको आयोजनामा ज्येष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिएको छ। ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गरिएको हो।

Photo (2) (3)1696067134.jpg

प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको सन्दर्भमा जाने बुझे जति काम गरिरहेको भन्दै यस्तो कामलाई प्रभावकारी बनाउन सहकार्यकासाथ अगाडि बढ्न तयार रहेको बताए। उनले राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपाललाई आगामी वर्ष यस्तै खालको काम गर्दा महानगरसँग सहकार्य गर्न आग्रह पनि गरे।

Hardik ivf

Photo (6)1696067135.jpg

उनले भने, ‘ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि  जाने बुझे जतिकाम गरिरहेको छ। अझै पुगेको छैन। त्यसको लागि तपाईहरुसँग केही उपाय छ भने लिएर आउनुस्, त्यसलाई कार्यान्वयन गर्ने छौं।’ उनले प्रदर्शनीमा राखिएका तस्बीरहरु एकदमै राम्रो लागेको भन्दै प्रदर्शनको सफलताको कामना गरे। 

Photo (11)1696067203.jpg

कार्यक्रममा जेष्ठ नागरिकको दैनिकी, मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी गरिने छ। प्रदर्शनीमा राखिने तस्वीरहरुले नयाँ पुस्तामा उत्साह जगाउनको साथै, जेष्ठ नागरिकहरुमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने अपेक्षा गरिएको छ। राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि विभिन्न स्थानहरुमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्द्धनात्मक फोटोहरु प्रदर्शनी आयोजना गर्दै आएको छ।

Photo (8)1696067136.jpg

Photo (12)1696067150.jpg

 

Photo (10)1696067160.jpg

Photo (14)1696067160.jpg

Photo (4) (1)1696067150.jpg

प्रकाशित मिति: १५:२९ बजे, शनिबार, असोज १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्