स्वदेश फर्किए प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डल चीनको छन्दुबाट नेपाल फर्किएको हो। नेपाली टोलीलाई सिचुवान प्रान्तका उच्च अधिकारी, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए।काठमाडौं, असोज १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री दाहाल उतैबाट ६ असोजमा चीन पुगेका थिए। ८ दिन चीन बसेर प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किएका हुन्।
६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए। द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरेका थिएश्र
प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो।
प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डल चीनको छन्दुबाट नेपाल फर्किएको हो। नेपाली टोलीलाई सिचुवान प्रान्तका उच्च अधिकारी, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए।











