Kathmandu Press

एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी

शुक्रबार भएको निर्वाचनमा कृष्णप्रसाद दाहाललाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन्।
एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी

काठमाडौं, असोज १३ : एमालेको बागमती प्रदेश कमिटी अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्। शुक्रबार भएको निर्वाचनमा कृष्णप्रसाद दाहाललाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन्।

ढुंगेलले ६९६ मत प्राप्त गरे भने दाहालले ४३९ मत मात्र पाए।

यस्तै सचिवमा नवराज सिलवाल विजयी भएका छन्। उनी प्रतिस्पर्धी हस्त पण्डितलाई १ मतले पराजित गर्दै सचिवमा निर्वाचित भए। सिलवालले ५६८ र पण्डितले ५६७ मत पाए।

खुला उपसचिवमा प्रेमकुमार महर्जन र महिला उपसचिवमा भक्तकुमारी लामा विजयी भएका छन्।

मंगलबारदेखि सुरु भएको बागमती प्रदेश अधिवेशनमा प्रदेशको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान सुरु भएको थियो।

प्रकाशित मिति: ०८:३६ बजे, शनिबार, असोज १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्