प्रधामन्त्री दाहाल र सिचुवान प्रान्तका सेक्रेटरी वाङबीच भेट
दाहालले चिनियाँ राष्ट्रपति प्रधानमन्त्रीसहितको उच्चस्तरीय भेट वार्ता र दुई देशको तर्फबाट जारी वक्तव्य स्मरण गर्दै छुङकिङ, तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका थिए।
काठमाडौं, असोज १२ : चीनको औपचारिक भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल र छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष वाङ साहोई नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको छ।
भेटवार्तामा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति प्रधानमन्त्रीसहितको उच्चस्तरीय भेट वार्ता र दुई देशको तर्फबाट जारी वक्तव्य स्मरण गर्दै छुङकिङ, तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका थिए।

प्रधानमन्त्री दाहालले नेपाल र चीनबीच सम्पन्न नयाँ व्यापार सन्धिले नेपाल अब भूपरिवेष्ठित देश होइन भू–सम्बन्ध जोड्ने देश भएको बताएका थिए।
भेटमा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रधानमन्त्री दाहाल चीनको असल साथी भएको र उनी नेतृत्वमा नेपाल–चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गरेका थिए। वाङले नेपाल र चीनबीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको समेत बताएका छन्।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल शनिबार छेन्दुबाट नेपाल फर्किने कार्यक्रम छ।











