जनकपुरमा गौ हत्याविरुद्ध प्रदर्शन [तस्बिरहरू]
विगत केही दिनदेखि देशका विभिन्न ठाउँमा गौ हत्या भइरहँदा पनि सरकार मूक दर्शक भएर बसेको भन्दै परिषद्ले सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण विरोध प्रदर्शन गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले बताए।![जनकपुरमा गौ हत्याविरुद्ध प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo(1)1695994665.jpeg)
धनुषा, असोज १२ : जनकपुरमा विश्व हिन्दू परिषद्ले गौ हत्याको विरोधमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास बैष्णवको अगुवाईमा शुक्रबार जानकी मन्दिरको प्राङ्गणबाट विरोध जुलुस निकालिएको थियो।
जुलुसमा हजारौंको हिन्दूवादीहरुको सहभागीता थियो । विगत केही दिनदेखि देशका विभिन्न ठाउँमा गौ हत्या भइरहँदा पनि सरकार मूक दर्शक भएर बसेको भन्दै परिषद्ले सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण विरोध प्रदर्शन गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले बताए।
(7)1695994667.jpg)
गाई नेपालको राष्ट्रिय जनावरको रुपमा रहेको र गाईलाई हिन्दू धर्मावलम्बीले आमाको रुपमा परापूर्वकाल देखि नै मान्दै आएका कारण केही अतिबादीहरुले हिन्दू सनातनधर्ममाथि प्रहार स्वरुप गौ हत्या गर्ने गरेको उनको आरोप छ।
सामाजिक सञ्जालमै आफूहरुले गाई काटेर खाएको अभिव्यक्ति दिनेलाई सरकारले कारबाही गर्न नसक्नु सनातनीहरुको लागि दुःखद रहेको उनले बताए।
(2)1695994667.jpg)
(8)1695994665.jpg)
(6)1695994665.jpg)
(6)1695994665.jpg)
1695994665.jpeg)











