साँगाबाट पक्राउ परे नायक अनमोल केसी
सुदर्शन थापाले निर्देशन गर्न लागेको फिल्म ‘रावायण’को विवादपछि अनमोलविरुद्ध फिल्म निर्माता युनिटले आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए।
काठमाडौं, असोज १२ : चर्चित नायक अनमोल केसी पक्राउ परेका छन्। ठगी गरेको आरोपमा अनमोललाई प्रहरीले पक्राउ गरेको हो।
अनमोललाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको काठमाडौं अपराध महाशाखाका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए।
सुदर्शन थापाले निर्देशन गर्न लागेको फिल्म ‘रावायण’को विवादपछि अनमोलविरुद्ध फिल्म निर्माण युनिटले आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए।
निर्माताले अनमोनले १० लाख रुपैयाँ एड्भान्स लिएर फिल्म साइन गरे पनि अन्तिम समयमा फिल्म नखेल्ने बताएको उल्लेख गरेका छन्। तर, अनमोलले आफूले एड्भान्स नलिएको र साइन पनि गरेको बताउँदै आएका छन्।
अनमोलको यस्तो अभिव्यक्तिपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखामा असोज ८ गते उजुरी दिएकी थिइन्। त्यही उजुरीका आधारमा अनमोललाई प्रहरीले पक्राउ गरेको हो।
‘रामायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिएकी थिइन् ।









-1783580717.jpeg)

